ज्वालामुखीलाई पृष्ठभूमि बनाएर यी जोडीले फिलिपिन्समा गरे विवाह
फिलिपिन्समा आइतबार ज्वालामुखी बिस्फोट हुँदासमेत एक जोडीले आफ्नो विवाहलाई निरन्तरता दिए ।
चिनो र क्याट भाफ्लोरले ताल ज्वालामुखीबाट १६ किलोमिटर टाढा अवस्थित विवाह स्थलमा लगनगाँठो कसे । उनीहरुको विवाहको तस्बिर कैद गरिरहेका फोटोग्राफर र्यानडोल्फ इभानले आकाश माथि उठिरहेको खरानीको मुस्लोलाई उनीहरुको विवाहको पृष्ठभूमि बनाए ।
‘हामी खासमा निकै डराएका थियौं, हामीले काम गरिराख्दा ज्वालामुखीको अवस्थाबारे जानकारी लिन सोसल मिडिया हेरिरहेका थियौं । त्यसकारण हामीलाई यसबारे दिइएको चेतावनी र त्यसको बढ्दो स्तरबारे हामी जानकार थियौं,’ इभानले सिएनएनलाई भने ।
‘स्थिती भयानक भएको अवस्थामा सबै मिलेर के गर्न सकिन्छ भनेर पनि हामीले छलफल गरेका थियौं ।’
इभानका अनुसार सभान्ना फार्म बाई सोलाङ्गेमा आयोजित उक्त विवाह समारोहमा उपस्थित सबैजना यी जोडीले ‘मञ्जुर छ’ भन्ने बेला निकै शान्तपूर्वक हेरिरहेका थिए ।
विवाह समारोह आयोजना भएको स्थलले पनि पृष्ठभूमिमा ज्वालामुखी बिस्फोट भएको यो जोडीको फोटो पोष्ट गरेर ‘विवाह निरन्तर चलिरहेको छ !’ भनेर क्याप्सन पनि राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
