जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने घोषणा (भिडियो सहित)
काठमाडौँ । सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ ।
सोमबार बसेको कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव दिनेशकुमार घिमिरेले ५ वर्षे व्यवसायीक योजना अन्तर्गत निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागिएको बताए ।
कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ देखि नै पाँच वर्षे व्यवसायीक योजना लागू भइसकेको भएपनि यो वर्ष देखि प्रभावकारी कार्यान्वयनमा जाने जानकारी दिए ।
उनले विगतमा कम्पनीले अन्य आयोजनाहरुमा ऋण लगानी गर्दै आएको र आगामी दिनमा निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युतमा स्वपूँजी लगानी गर्ने बताए ।
त्यस्तै कम्पनीको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरणमा जोड दिइएको र स्वपूँजी लागनी मार्फत शेयरधनीको प्रतिफल बढाउने योजना रहेको उनले बताए ।
साधारणसभामा शेयरधनीहरुले सञ्चालकहरुको तलब भत्ता उच्च हुँदा समेत व्यवसायीक योजना अनुसार काम गर्न नसकेको र शेयरधनीहरुको प्रतिफल बढाउन नसकेको भन्दै प्रश्न गरेका थिए ।
कम्पनीले पाँच वर्षे व्यवसायीक योजना अन्तर्गत गत आर्थिक वर्षसम्ममा कुल ५ सय ३३ मेगावाट क्षमताका आयोजनामा ६ अर्ब १ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कुनैपनि आयोजनामा लगानी गरेको छैन । कम्पनीको साधारणसभाले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात १ अर्ब ३२ करोड बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण