जिल्ला अदालत धनुषाको फैसला उच्च अदालतले उल्ट्यायो
जनकपुर । जिल्ला अदालत धनुषाले आन्तरिक राजश्व कार्यालय जनकपुरको जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी गरेको फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ ।
सोमबार उच्च अदालतले मुद्दाको सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याउंदै राजश्व कार्यालय जनकपुरको नाममा दर्ता गर्ने निर्णय गरेको हो ।
यसअघि वादी रामजीवन मण्डल र प्रतिवादी आन्तरिक राजस्व कार्यालय रहेकोमा जिल्ला अदालतले वादी दाबी पुग्ने भनी फैसला गरेको थियो । सोही फैसलाको पुनरावेलनमा उच्च अदालत जनकपुरका न्यायाधीश बाबुराम रेग्मी र ध्रुवराज नन्दको संयुक्त इजलासबाट वादी तर्फबाट दाबी नपुगेको फैसला भएको हो ।
मुद्दाको आन्तरिक राजस्व कार्यालय जनकपुरको तर्फबाट उपन्यायाधिवक्ता केशव गौतम र अधिवक्ता अचुतम आचार्य र वादीको तर्फबाट अधिवक्ता हेम वहादुर कार्कीले बहस गरेका थिए । फैसला उल्टिएसँगै जनकपुरको भानु चोक र रेल्वे स्टेशन जाने बाटो तर्फ रहेको सडक छेउमा पर्ने किता नंं. ५ को ६ कट्ठा १३ धुर जग्गा कर कार्यालय जनकपुरको नाममा दर्ता हुने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण