विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरण
पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् ।
केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केन्यामा सो समूहले विगतदेखि नै आतङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ ।
ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पु¥याएका छन् । साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरुले आगजनी गरेका छन् ।
उनीहरुले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरुले आक्रमण गरी घाइते बनाएका छन् ।
अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतङ्ककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेका छन् ।
उनीहरुले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण