केन्द्रीय राजनीतिमा जटिलता देखिन्छन् कहिलेकाहिँ : प्रचण्ड
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेका बताएका छन् ।
उनले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे । माडीको विकासका लागि आफूले माडीको जनप्रतिनिधि र एउटा पार्टीको अध्यक्षको हैसियतले माडीका जनताका समस्या समाधान गर्न माडीको पर्यटन र कृषिको विकास गरेर अघि बढ्न सकिने बताए ।
मंगलबार ‘प्रथम माडी खिचरा महोत्सव २०७६’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले निर्वाचनका बेला माडी दुर्गम क्षेत्र रहँदैन भनेर गरेको प्रतिवद्धता क्रमशः पुरा हुँदै गएको बताए ।
प्रचण्डले ठोरी–केरुङ जोड्ने बाटो बन्दै गएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘माडीलाई मणी बनाउन सकिन्छ । प्रचण्डले भने, ‘मैले माडीको विकासका लागि के गरिरहेको छु भन्ने कुरा माडीका जनप्रतिनिधिहरुले देखिरहनुभएको छ ।’
विद्युत, शिक्षा, रिङरोडलगायतका विषयमा आफू विकास गर्न लगातार बहस र संघर्षमा रहेको प्रचण्डको भनाई छ । उनले राष्ट्रिय निकुञ्जका कारण मानिसहरुले धेरै दुःख पाएको भन्दै त्यो ऐन संशोधनको पक्षमा आफूले काम गरिहरेको बताए ।
उनले आउने तीन बर्षमा सबैले देख्नेगरी अर्कै ठाउँमा पुग्ने बताए ।
सम्बोधनका क्रममा प्रचण्डले माडीलाई सुगम, सम्मृद्ध र केन्द्रसँग जोड्न आफू क्रियाशिल रहेको भन्दै राष्ट्रिय निकुञ्ज र माडीका जनताबीचको सम्बन्धमा आएको तिक्तता मेट्ने प्रयास भइरहेको बताए ।
उनले माडीका जनताको सम्मानकै लागि केही दिनअघि राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्दा नेकपाका नेता स्व. डीआर पौडेलकी धर्मपत्नी गंगा बेल्वासेलाई छानिएको भन्दै अब माडीबासीको प्रतिनिधित्व राष्ट्रियसभामा पनि हुने बताए ।
उनले केन्द्रीय राजनीतिमा केही जटिलता उत्पन्न हुन लागेको भन्दै यस्तो बेला पार्टीका साथीहरुले बाहिर नजान गरेको आग्रहलाई पनि वेवास्ता गर्दै २ घण्टाका लागि भएपनि आफू माडी आएको बताए ।
प्रचण्डले भने, ‘केन्द्रीय राजनीतिमा जटिलता देखा पर्न खोज्छन् कहिलेकाहिँ । तिनलाई समाधान गर्नका निम्ति लगातार छलफल गर्नुपर्ने थियो । मलाई नेताहरुले, साथीहरुले यस्तो बेलामा बाहिर नजान भनिराख्नुभएको थियो । तर मैले माडी दुई घण्टाका लागि जाने नै भएँ भनेर आएको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण