महिलामा पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन, हुन्छ असाधारण क्षमता
स्कूल अफ ह्याप्पिनेसका संस्थापक एवं मन अनुसन्धानकर्ता हरि सिटौलाले पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा हुने भएकाले तिनसँग असाधारण क्षमता हुने बताएका छन् ।
पोखरामा भएको महिला सशक्तीकरण एवं उत्प्रेरणामूलक एकदिने तालीमका प्रमुख प्रशिक्षक सिटौलाले प्राकृतिक रुपमा महिला निकै शक्तिशाली भए पनि सामाजिक रुपमा कमजोर बनाइएको बताए । उनले भने, “महिलाले आत्मविश्वासबाट आफ्नो क्षमतालाई उजागार गरेर अघि बढ्न सके असाधारण सफलता हासिल गर्न सक्ने छन् ।”
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले प्राकृतिक रुपमा महिला क्षमतावान् भए पनि सामाजिक रुपमा कमजोर चित्रण गरेर तिनको क्षमताको अवमूल्यन गरिएको बताइन् । अर्का प्रदेशसभा सदस्य मीना गुरुङले महिलाले कसैको दवाव र प्रभावबाट नभई आफ्नो स्वविवेक प्रयोग गरेर अघि बढ्न सके हरेक क्षेत्रमा सफल हुने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण