आमाको १३ औं दिनको तिथीमा ऋचा शर्माले भावुक हुँदै भनिन्, ‘दुःख बिसाउने काख गुमाएँ’
नायिका ऋचा शर्माले १३ औं दिनको पुण्य तिथीमा आमालाई निकै भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् ।
आफ्नो फेसबुक अकाउन्टमा उनले आमाबारे स्टेटस लेखेकी छिन् ।
‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ। एउटा साथी, एउटा संरक्षक, दुस्ख बिसाउने काख सबै गुमाएको छु। हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दुस्खमा दुखी। मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा,’ उनले लेखेकी छिन् ‘भनिन्छ आमको ऋण तिरेर कहिले सकिदैन। आज यो वाक्यलाई सही रुपले बुझेको छु। त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु। शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ।’
आमालाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेर लेखिएको यो स्टेटसमा उनलाई थुप्रैले ढाडस दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण