चोरलाई रङ्गेहात समातेर पिट्दै आएका दम्पती जेलमा
क्यालिफोर्निया । अमेरिकाको क्यालेफोर्नियामा एक दम्पतीलाई प्रहरीले अनौठो मुद्दामा गिरफ्तार गरेको छ । ती दम्पतीले विगत सात महिनादेखि चोरलाई पटक–पटक रङ्गे हात समातेर पिट्ने गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भिसालिया सहरमा बस्दै आएका ती दम्पत्तिले आफ्नो टोलमा चोरको बिगबिगी बढेपछि चोरलाई रङ्गे हात समात्ने योजना बनाएका थिए । समाचार एजेन्सीहरुका अनुसार उनीहरुले आफ्नो घर बाहिर एउटा साइकल छाड्ने गरेका थिए, जसमा क्यामेरा जडान गरिएको हुन्थ्यो ।
उक्त साइकल चोर्नका लागि चोर आउनासाथ उनीहरु उक्त क्यामेराको मद्दतले घरबाटै चोरलाई देख्थे । चोर साइकल चोर्न लागिरहेको समयमा उनीहरु बेसबलको ब्याट लिएर हिर्काउन थाल्थे ।
सात महिनादेखि पटक–पटक यसरी चोरलाई पिट्दै आएका दम्पतीलाई प्रहरीले उजुरीविना नै पक्राउ गरेको जनाइएको छ ।
उनीहरु आफैले चोरलाई पिटेको दृष्य युट्युवमा अपलोड गरेको र उक्त भिडियो भाइरल भएपछि प्रहरीले ती दम्पतीको पहिचान गर्दै पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार गत जुन महिनादेखि नै उनीहरुले यसरी चोरलाई पिट्दै आएका थिए । यद्यपि कुनै पनि चोरलाई उनीहरुले गम्भीर चोट नपु¥याएको प्रहरीको भनाइ छ ।
प्रहरीलाई अहिलेसम्म कसैले पनि ती दम्पत्तिले आफूलाई पिटेको भन्दै उजुरी गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण