सरकारी विद्यालयमा विद्यार्थीहरुको आकर्षण
भोजपुर । अङ्ग्रेजी माध्यमको पठनपाठनप्रतिको बढ्दो आकर्षणले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने अभिभावकहरुको अभिरुची धेरै हुन्छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरले निरास बनेपछि गाउँबाट सदरमुकाम लगायत सहरबजारमा खोलिएका निजी विद्यालयप्रति अभिभावकको रुचि बढ्नु सामान्य हो ।
तर, भोजपुरको एक सामुदायिक विद्यालयमा भने ठिक विपरित भएको छ । सदरमुकाम नजिकै रहेको जनसेवा आधारभुत विद्यालयमा भने निजी विद्यालय छोडेर फर्कने विद्यार्थीको सङ्ख्या बढ्न थालेको छ ।
जनसेवा आधारभूत विद्यालयमा केहि वर्षयता विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्दै गएको छ । सामुदायिक भएपनि बोर्डिङ स्कुलसरह पठनपाठन र शैक्षिक गुणस्तर भएकाले विद्यार्थी र अभिभावकको अभिरुची बढ्न थालेको कक्षा आठमा अध्यनरत विद्यार्थी सौजन राईले बताए ।
अङ्गे्रजी माध्यमबाट पठनपाठन र बर्षेनी अब्बल नतिजा ल्याउने यो विद्यालयमा विद्यार्थीहरु निजी विद्यालय छोडेर आउन थालेका छन् । जिल्लाका धेरै सामुदायिक विद्यालयहरुको तुलनामा अङ्ग्रेजी विषयमा अब्बल र अङ्ग्रेजी पढने विद्यार्थीहरुको बढ्दो आकर्षणले अभिभावहरु समेत उत्साहित देखिएका छन् ।
चालु शैक्षिक सत्रमा ५२ भन्दा बढि नीजि विद्यालय छोडेर विद्यार्थीहरु भर्ना हुन आएको विद्यालयले जनसेवा आधाभूत विद्यालयका शिक्षिका मैयाकुमारी खत्री बताउँछिन् । शिक्षिका खत्रीले भनिन्, ‘हामी विद्यालयमा वालमैत्री शिक्षण गरिन्छ, विद्यार्थीको हाजिर गर्ने तरिका फरक–फरक राखेका छौं ।’
पढाइको गुणस्तर दिनानुदिन खस्किनु र विद्यार्थी सङ्ख्या घट्नाले धेरै सामुदायिक विद्यालयहरु मर्ज गरिएका छन् । केहि त खारेज नै भए । तर निजीमा आकर्षण बढेपनि आर्थिक स्थिति धान्न नसकेका अभिभावकका लागि ढुङ्गा खोज्दा देउतै भेटिए जस्तै भएको छ ।
‘सुरुमा आर्थिक अवस्थाले कमजोर विद्यार्थीहरु आउने गरेपनि पछिल्लो समय यस विद्यालयमा अरु वर्गका विद्यार्थीहरु पनि आउन थालेका शिक्षक होमबहादुर निरौला बताउँछन् । निरौलाले भने, ‘हप्तामा एक पटक अतिरिक्त क्रियाकलाप गछौं ।,'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण