नेपाली दूतावास लन्डन माल्टातिर
लन्डन । नेपाली दूतावास लन्डनको एक टोली यतिबेला युरोपको महाद्वीपमा अवस्थित एक विकसित तथा पर्यटकीय स्थलको रुपमा परिचित देश माल्टामा पुगेको छ ।
जनवरी १५ देखि १८ तारिख सम्मको माल्टा भ्रमणमा गएको दूतावास टोलीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्नुका साथै स्थानीयवासीहरुको लागि काउन्सिलर सेवा समेत उपलब्ध गराएको छ ।
गैर आवासीय नेपाली संघ माल्टाको सहकार्यमा नेपाली दूतावास लण्डनले काउन्सिलर सेवा समेत संचालन गरेको हो । पासपोर्ट रिन्यू, एनआरएन कार्ड, जन्म दर्ता लगायतका विभिन्न काउन्सिलर सेवाहरु प्रदान गरेर माल्टावासीहरुलाई लाभान्वित तुल्याएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव लव सुवेदीले बताएका छन् । कार्यक्रमलाई सफल पार्न एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल, केन्द्रिय सल्लाहकार एनआरएन आइसिसी भिजिट नेपाल २०२० का स्पेशल टास्क फोर्सका मोडेरेटर सोम सापकोटा लगायत सम्पूर्ण कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैरआवासीय राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले माल्टाका विभिन्न स्थानमा गएर स्थानीयवासीसंग प्रत्यक्ष रुपमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । दूतावास प्रतिनिधिहरुले महत्वपूर्ण उच्चस्तरीय व्यापारिक भेटघाट समेत गरेको छ ।
राजदूत सुवेदी सरक्षक रहने गरि मेयर मार्गारेट बाल्दाचिनोको अध्यक्षतामा पहिलोपल्ट माल्टा-नेपाल मैत्री समाजको गठन गरिएको छ ।
नवगठित समितिले नेपाल र माल्टाबीचमा मितेरी पुलको रुपमा रहेर काम गर्ने राजदूत सुवेदीले बताएका छन् । नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई सफल पार्न नेपाललाई सुरक्षित र सुन्दर पर्यटकीय स्थलको रुपमा उजागर गर्न राजदूत सुवेदीले नवगठित समितिलाई अनुरोध गरेका छन् ।
नेपाली दूतावास लन्डनको सहकार्यमा माल्टामा गरिएको काउन्सिलर सेवा, स्थानीय नेपालीहरुसंगको अन्तरक्रिया, उच्चस्तरीय भेटघाट तथा माल्टा-नेपाल मैत्री समाजको गठनले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई ठूलो सहयोग पुग्ने केन्द्रिय सल्लाहकार एनआरएन आइसिसी भिजिट नेपाल २०२० का स्पेशल टास्क फोर्सका मोडेरेटर सोम सापकोटाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण