अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा
गण्डकी प्रदेशअन्तर्गत अवरुद्ध लमजुङ–मनाङको एकमात्र बेँसीशहर–चामे सडकखण्ड सञ्चालन भएको छ । वर्षाले शुक्रबार बिहानदेखि सो खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक आज दिउँसो करीब साढे २ः०० बजेदेखि सञ्चालन भएको हो ।
सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनीयर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासो गाउँपालिकास्थित सिरनतालमा झरेको पहिरो पन्छाइएसँगै सवारीसाधन आवतजावत भइरहेका छन् । शुक्रबार पहिरो गएको केही समयपछि सडक डिभिजन कार्यालयको स्काभेटरले सडक खुलाउने प्रयास गरे पनि असम्भव भएको र आज वर्षा नभई घाम लागेकाले सडक माथिबाट ढुङ्गा–माटोसहित पहिरो पूर्णरुपमा पन्छाइएको उनले बताए ।
पहिरो पन्छाएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलगायत यात्रुलाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा भीमबहादुर गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण