अन्नपूर्ण बेसक्याम्पमा हराएका ७ अझैं भेटिएनन्, पहिरोले थुनिएका डेढ सयको उद्धार
पोखरा । अन्नपूर्ण बेसक्याम्पमा हराएका ७ जनाको अझैं पत्ता लाग्न सकेको छैन । हिम पहिरोको कारण थुनिएका पदयात्री र पथप्रदर्शक भने २ सयको हाराहारीमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
शुक्रबार देउराली भन्ने ठाउँमा हिम पहिरो खसेपछि उनीहरु बेपत्ता भएका थिए । सम्पर्कमा आउँन नसकेकामध्ये ४ कोरियन र ३ जना नेपाली रहेको बताइएको छ । तर, उनीहरुको आधिकारीक रुपमा पहिचान भने हुन सकेको छैन ।
‘उहाँहरुको आधिकारीक पहिचान भने हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पहिरोका कारण बेपत्ता हुनु भएको हो । मोबाइलमा चार्ज सकिएको पनि हुन सक्छ ।’
उद्धार गरिएकामध्ये ७० जनालाई पोखरामा झारि सकेको उनले जानकारी दिए । बाँकी १ सयलाई छोम्रोङमा राखिएको उनले खुलाए । कोरियाली दुतावासले पनि हराएका आफ्ना नागरिकहरुलाई खोज्न बिहानैदेखि हेलिकप्टरको परिचालन गरि रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेश कुमार केसीले हराएका सातको उद्धारको लागि प्रहरी टोली पनि निरन्तर खटिई रहेको जानकारी दिए ।
हिमपातको कारण मनाङबाट मुस्ताङ उक्लिन लागेको ४ चिनियाँ पनि हराई रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । ६ वर्ष अघि बेसक्याम्पमा हिमआँधी आएर २ सयको हाराहारीमा मृत्यु भएको टानका अध्यक्ष हरि भुजेलले बताए । पथप्रर्दशक बिना पदयात्रामा निस्किदा हिउँ मै हराउँने सम्भावना बढी रहने उनले सुनाए ।
हिमपातले शिविरबाट निस्कन नसकेका पदयात्री र पदप्रदर्शकलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा ल्याई सकिएको प्रशासनको भनाई छ । उद्धारको लागि टानले पनि हेलिकप्टर तयार पारेर राखेको बताएको छ ।
हेलिकप्टरले पदयात्री र पथप्रदर्शकलाई बोकेर दिनभरजसो पोखराको आकाशमा उडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण