यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए
एजेन्सी । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।
शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् ।
यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसअघिका यस्तै क्षेप्यास्त्र आक्रमणहरुमा भने हुथी विद्रोहीहरुले जिम्मेवारी लिने गरेका थिए ।
सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ । –सिन्ह्वा/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण