‘लुम्बिनीका बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्छ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आज आयोजित छलफलमा उहाँले मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटलगायत बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्नेमा जोड दिए ।
विगतमा त्यस क्षेत्रको विकास जुन गतिमा हुनपर्ने थियो, त्यो हुन नसकेकाले नयाँ योजना बनाएर पूर्वाधार विकासका लागि लगानीलाई आकर्षित गर्न सकिने बताउँदै उनले प्रादेशिक र स्थानीय तहका सरकारले पनि त्यस क्षेत्रका ऐतिहासिक पक्ष, सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने उल्लेख गरे ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले त्यस क्षेत्रको विकासका लागि अहिलेसम्म भइरहेका प्रयासको जानकारी गराउँदै पर्यटकलाई आकर्षित गराउन थप सुविधा उपलब्ध गराउन नयाँ योजनाको खाँचो औँल्याए । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विँडारीले त्यहाँको महत्वलाई दीर्घकालसम्म जोगाइराख्न स्मार्ट सिटी बनाउन नहुने विचार व्यक्त गरे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यस क्षेत्रमा बसोबास गर्ने विभिन्न धार्मिक समुदायका सांस्कृतिक गतिविधि तथा स्थानीय पहिचानलाई पनि कायम गर्नुपर्ने बताए । पर्यटनविद् कर्ण शाक्य, अम्बिका श्रेष्ठ लगायतले नजिक रहेका विभिन्न उद्योगलाई सार्नुपर्ने बताउँदै वन वातावरण तथा वन्यजन्तुको समेत ख्याल गरी योजना ल्याउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण