अन्तिम पटक बैठक चलाउन मुस्कुराउँदै शिवमायाको सिंहदरबार टु बानेश्वरको यात्रा
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामाको घोषणा गरेकी छिन् । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्दै संसद चलाउने क्रममा उनले पदबाट राजीनामाको घोषणा गरेकी हुन् ।
सोअघि सिंहदरबारमा सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालसँग उनले छलफल गरेकी थिइन् । छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको थियो । जसअनुसार उनले राजीनामाको घोषणा गरिसकेकी छिन् अब दोस्रो चरणको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् र उनको राजीनामा बढेर सुनाउनेछन् ।
नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमाया उपसभामुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पुगेकी हुन् । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने संवैधानिक प्रावधान छ ।
सिंहदरबारमा भएको छलफलपछि संसद भवनतिर लाग्ने क्रममा शिवमाया मुस्कान देखिन्थ्यो । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिइनन् । सोही क्षणलाई रातोपाटीकर्मी सुवास श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन्ः





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
