जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
सोमबार, ०६ माघ २०७६, १३ : ५८
भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, भक्तपुर नगरपालिका-४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशी लगायत ४ जनालाई नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण