बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीबाट फर्किएपछि देउवासँग भेट्ने पौडेलको चाहना: देउवालाई निधिको फोन

सोमबार, ०६ माघ २०७६, १५ : ००
सोमबार, ०६ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेसभित्रको विवाद समाधानमा नेतात्रयबीच केही दिनयता निरन्तर संवाद भइरहेको छ । गत मंगलबार र बुधबार भएको छलफलपछि उसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला आज (सोमबार) विहान फेरि छलफलमा जुटेका हुन् ।

निधि उपत्यका बाहिर निस्किएपछि केही दिन रोकिएको छलफलबाट फेरि सुरु भएको सिंहले रातोपाटीलाई बताए । उनका अनुसार आजको छलफल विवादका विषयमा प्रवेश सामान्य भेटघाटमा सकिएको थियो । निधिको आज पनि जनकपुर जाने कार्यक्रम रहेकोले भेटवार्ताले सार्थकता पाउन सकेन । अब सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेल र आफूले कुराकानी गर्ने सिटौलाले रातोपाटीलाई जनाकारी दिए ।

सिटौलाले भने, ‘आजको छलफल विषय प्रवेश नगरी सकियो । प्रकाशमानजीले रामचन्द्रजीले सभापतिजीसँग भेटन खोजेको कुरा सुनाउनुभयो । अनि निधिजीले सभापतिलाई छलफलकै बीचमा यो कुरा सुनाउनुभयो ।’ पुस २७ गते साँझ सभापति देउवाकोसँग उनको निवासमा छलफल गरी रक्तचाप स्थिर नभएको भन्दै मंगलबार वरिष्ठ नेता पौडेल दिल्ली उडेका थिए ।

अल इण्डिया मेडिकल इन्स्टिच्यूटमा उपचार गर्न भन्दै उनी मंगलबार दिल्ली उडेका थिए । उपचारसँग भाजपा नेता एवं रक्षामन्त्री राजनाथ सिंहलगायतका व्यक्तिसँग भेटवर्ता गरी पौडेल शनिबार स्वदेश फर्किएका थिए ।
दिल्लाबाट फर्किएपछि पौडेलले देउवासँग कुराकानी गर्न चाहेको बैठकमा सिंहले सुनाए । त्यसका लागि आजको छलफलपछि निधिले सभापति देउवासँग टेलिफोन संवाद गरेका थिए ।

निधिसँगको फोन संवादमा देउवाले समय मिलाएर कुराकानीका लागि बेलाउने जवाफ दिएका थिए । सिटौलाले भने, ‘रामचन्द्रजी हामी सबैलाई सभापतिले बोलाउनुहोला । निधिसँग यतिबेला बोलाउँछु भनेर केही भन्नु भएन ।’ काँग्रेसमा पछिल्लो मंसिर २६ गतेबाट पैदा भएको आन्तरिक विवाद समाधान अझै हल भएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप