सभामुखमा उम्मेदवारी नदिने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’
यस्तै उपभामुख पद भने आफूले पाउनुपर्ने माग राखेको छ । यद्यपि अहिले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक नभएकाले काँग्रेसले यसबारे कुनै निर्णय भने गरिसकेको छैन ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसअनुसार सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ । जसमा सभामुखका उम्मेदवार अग्नि सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण