सरकारमा जानबाट रोक्न राजपाका ५ नेताको यस्तो पत्र (पत्रसहित)
काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा नजान पार्टीका केही नेताहरु माग गरेका छन् ।
राजपा नेपालका नेताहरुले अध्यक्षमण्डलका संयोजकलाई सम्बोधन गर्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेर मात्र अगाडि बढ्न लिखित माग गरेका हुन् । यसरी माग गर्नेहरुमा राजपा नेपालका उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, गोविन्द चौधरी, रमेश प्रसाद यादव र महासचिव विजयकुमार सिंह हुन् ।
उनीहरु महन्थ ठाकुर नेतृत्वको पूर्व तमलोपाका नेताहरु हुन् । राजपा नेपाल सरकारमा सहभागी हुनेबारेमा चर्चा परिचर्चा भइरहेको बेला उनीहरुले चाहिँ पार्टीले उठाएमा माग सम्बोधन भएपछि मात्र सरकार बारे निर्णय गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले हस्ताक्षरसहित दिएको पत्रमा संविधान संशोधन गरेर मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतहरुको मुद्दा सम्बोधन तथा रेशम चौधरी लगायत आन्दोलनकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरु खारेज गरी तिनको रिहाइ भएपछिमात्रै सरकारमा सामेल हुनुपर्ने उल्लेख गरिएको छ। यो बिनै सरकारमा सहभागी भएमा शहिदहरुको बलिदान र आन्दोलनकारीहरुको संघर्षको अपमान हुने पत्रमा उल्लेख गरेका छन् ।
राष्ट्रिय सभा चुनावका लागि नेकपासँग राजपा नेपालले गरेको दुई बुँदे सम्झौतापछि सरकारमा सहभागी हुने कुरा जोडतोडले उठेको छ । राजपा नेपाल संघीय सरकारमा जानुको साथै प्रदेश २ को सरकार पनि परिवर्तन गर्ने पक्षमा रहेको कुरा चर्चामा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण