इरानलाई चौतर्फी घेरा हाल्ने अमेरिकाको यस्तो रणनीति, होरमुज क्षेत्रमा कोरियाली सेना तैनाथ
एजेन्सी । अमेरिकी दबाबका कारण दक्षिण कोरिया इरानसँगै जोडिएको खाडी क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथी गर्न राजी भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो । उक्त घोषणासँगै दक्षिण कोरियाले सो क्षेत्रमा आफ्ना ३ सय सैन्यकर्मीको टोली सहितको एक युद्धपोत तैनाथ गरेको छ।
यो समुद्री क्षेत्र ईरानको नजिक र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग नजिकै रहेको छ । स्मरणरहोस्, पछिल्ला दिन अमेरिका र इरान बीचको तनाव युद्धको बिन्दुमा पुगेको छ। दक्षिण कोरिया र इरान एक अर्कामा निर्भर छन् ।
इरानसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध लामो समयदेखि सौहार्दपूर्ण रहेको छ। दक्षिण कोरिया र ईरान एक अर्कामा तेल र आयात निर्यातमा निर्भर रहेका छन्। यद्यपि इरानसँग २०१५ मा भएको आणविक सन्धि समाप्त भएपछि परिस्थिति बिग्रिन थालेको बताइन्छ ।
उत्तर कोरियाको निरन्तर खतराका कारण दक्षिण कोरियाले अमेरिकी सेनाबाट महत्वपूर्ण समर्थन प्राप्त गर्दै आएको छ। त्यसकारण दक्षिण कोरिया अमेरिकी दबावमा झुक्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण