इरानलाई चौतर्फी घेरा हाल्ने अमेरिकाको यस्तो रणनीति, होरमुज क्षेत्रमा कोरियाली सेना तैनाथ
एजेन्सी । अमेरिकी दबाबका कारण दक्षिण कोरिया इरानसँगै जोडिएको खाडी क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथी गर्न राजी भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो । उक्त घोषणासँगै दक्षिण कोरियाले सो क्षेत्रमा आफ्ना ३ सय सैन्यकर्मीको टोली सहितको एक युद्धपोत तैनाथ गरेको छ।
यो समुद्री क्षेत्र ईरानको नजिक र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग नजिकै रहेको छ । स्मरणरहोस्, पछिल्ला दिन अमेरिका र इरान बीचको तनाव युद्धको बिन्दुमा पुगेको छ। दक्षिण कोरिया र इरान एक अर्कामा निर्भर छन् ।
इरानसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध लामो समयदेखि सौहार्दपूर्ण रहेको छ। दक्षिण कोरिया र ईरान एक अर्कामा तेल र आयात निर्यातमा निर्भर रहेका छन्। यद्यपि इरानसँग २०१५ मा भएको आणविक सन्धि समाप्त भएपछि परिस्थिति बिग्रिन थालेको बताइन्छ ।
उत्तर कोरियाको निरन्तर खतराका कारण दक्षिण कोरियाले अमेरिकी सेनाबाट महत्वपूर्ण समर्थन प्राप्त गर्दै आएको छ। त्यसकारण दक्षिण कोरिया अमेरिकी दबावमा झुक्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाउ भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?
-
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक