अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान आउने
इस्लामावाद । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुुरेशीले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणको कुरा भएको कुरेशीले बताए । विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला उनीहरुबीच ‘साइडलाइन’ वार्ता भएको कुरेशीले जानकारी दिए ।
दुई नेताबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री क्युरेशीले राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना रहेको बताएका छन् । ‘आफूले चाँडै पाकिस्तानको भ्रमण गर्न सक्ने बारेमा राष्ट्रपति ट्रम्पले हामीलाई आश्वस्त पार्नुभएको छ’, क्युरेशीले भने ।
उनले आफ्नो वक्तव्यका क्रममा ट्रम्पको भ्रमणको मिति भने स्पष्ट नपार्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पाकिस्तान भ्रमणबाहेक अन्य पनि धेरै विषयमा कुराकानी गरेको कुरेशीले जानकारी दिए ।
पाकिस्तानप्रति अमेरिकाले हेर्ने दृष्टिकोणमा सुधार गर्नेलगायत धेरै महत्वपूर्ण विषयमा पनि उहाँहरुले छलफल गरेका छन् । सुरक्षाको कारण देखाउँदै अमेरिकाले बेलाबेलामा आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न निर्देशन दिने गरेको बारेमा पनि प्रधानमन्त्री खानले राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गराएका छन् ।
ट्रम्प र खानका बीचमा व्यापार तथा लगानीका विषयमा पनि विषेश प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री कुरेशीले बताएका छन् । उनीहरुले दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र साझा चासोका विविध विषयमा पनि कुराकानी गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण