बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता
बिहीबार, ०९ माघ २०७६, ०६ : ३७
वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनजस्ता कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामै वैदेशिक लगानी प्रतिबद्धता रु २७ अर्ब भन्दा बढी पुगेको छ, जुन गत आवको कूल प्रतिबद्धताभन्दा झन्डै रु २ अर्बले बढी हो ।
उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो छ महीनामा रु २७ अर्ब २८ करोड बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् ।
यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचनाप्रविधि तथा ऊर्जा क्षेत्रमा धेरै लगानी देखिएको छ । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण