प्रधानमन्त्रीले अनुगमन गरेका आयोजनाको प्रगति झनै कमजोर
बिहीबार, ०९ माघ २०७६, ०६ : ४०
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै अनुगमन गर्ने निर्णय गरे पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा झनै कमजोर देखिएको छ ।
गत आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत प्रगति गरेका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा गत आवभन्दा १० प्रतिशत कम अर्थात् १८ प्रतिशतमा सीमित छ ।
प्रधानमन्त्री ओलीले गत वर्षको बजेट कार्यान्वयनको मध्यवधि समीक्षापछि गौरवका आयोजनाको काममा असन्तुष्टि राख्दै यस्ता आयोजनाको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन गर्ने घोषणा गरेका थिए ।
जसअनुसार प्रविधिको प्रयोग गरी केही आयोजनाको अनुगमन गरिएको प्रचारसमेतत गरिएको थियो । प्रधानमन्त्रीको घोषणा कार्यान्वयनमा आएको एक वर्षमै यस्ता आयोजनाको अवस्था झनै कहालीलाग्दो देखिएको छ । यो समाचार आजको कारोबारमा निरु अर्यालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण