यी तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार
सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ । मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ ।
‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो । लुम्बिनी चिनी उद्योगका सञ्चालक सम्पर्कमा पनि आएका छैनन्,’ बुधवार मन्त्रालयमा गरिएको विशेष पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।
उखु किसानहरूले १४ चिनी मिलबाट रू. १ अर्ब १६ करोडभन्दा बढी बक्यौता पाउन बाँकी छ । यद्यपि, स्वयम् मन्त्रालयसँगै यसबारेमा यकिन तथ्यांक भने छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण