रातो खुर्सानीले रोक्न सक्छ हृदयघात
स–साना दुखाई, चोट र शारीरिक समस्याको लागि घरेलु उपचार गर्न सकिन्छ । र, त्यसका लागि घरभित्रै पाइने विभिन्न खाद्य पदार्थ र अन्य चीजहरुको प्रयोग गर्ने गरिन्छ । तर, हृदयघात जस्तो डरलाग्दो र ज्यानमारा रोगको लािग पनि घरेलु उपचार गर्न सकिन्छ भन्ने कमै मानिसलाई थाहा होला । भर्खरै गरिएको एउटा अध्ययनले रातो खुर्सानीको सेवनले हृदयघातलाई रोक्न सक्छ ।
अनुसन्धानका अनुसार एउटा रातो खुर्सानीमा ९० हजार स्कोभिल युनिट पाइन्छ । जसको सेवनले ५० प्रतिशत हृदयघातको बिरामीको ज्यान बचाउँन सक्छ । यसैगरी, रातो खुर्सानीबाहेक स्कच भान्टस्, थाई चाई, अफ्रिकन बर्ड, हबनेरो, एलपीनो जस्ता खुर्सानीमा पनि उक्त तत्व पाउन सकिन्छ तर रातो खुर्सानीमा यसको मात्रा ज्यादै बढी हुन्छ ।
कसरी प्रयोग गर्ने ?
जो व्यक्तिलाई हृदयघात हुन्छ त्यस व्यक्तिलाई एक गिलास पानीमा १ चम्चा रातो खुर्सानीको पाउडर घोलेर पिउन दिनुपर्छ । यसको लागि बिरामी होसमा हुन अत्यन्त जरुरी छ । यदि बिरामी होसमा छैन भने उसको जिब्रोको तल एक चिम्टि रातो खुर्सानीको पाउडर राखिदिनुपर्छ । यसले हृदयघात भएको व्यक्तिको शरीरमा रक्तसञ्चार सुचारु हुन मद्दत गर्छ । यो कार्य गर्दागर्दै बिरामीलाई तुरुन्त अस्पताल पनि लैजानुपर्छ ।
यसैगरी, रातो खुर्सानीका अन्य फाइदाहरु छन्ः
–हृदयघातबाहेक विभिन्न प्रकारका छालाका एलर्जीमा लाभदायी हुन्छ ।
–खानामा मिसाएर खाँदा विभिन्न प्रकारका फ्लुबाट बच्न सकिन्छ ।
–यसको सही प्रयोगले दात र पेट दुखाई जस्ता समस्याहरुबाट बचाउँछ ।
–माइग्रेन, अर्थराइटिस र शरीरको अनावश्यक फ्याट दूर गर्नको लािग पनि यसले फाइदा गर्छ ।
–यसको धेरै सेवन गर्दा पेटमा जलन हुन सक्छ त्यसैले थोरै मात्रामा यसको सेवनले ग्यास्ट्रिकसम्बन्धी समस्या हुँदैन ।
–शुद्ध रातो खुर्सानीको सेवनले मिर्गौलाको क्यान्सर हुनबाट बचाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण