आजदेखि सहिद सप्ताह सुरु
काठमाडौँ । राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजदेखि सहिद सप्ताह मनाइँदैछ ।
सहिद स्मारक समिति केन्द्रीय कार्यालय, ललितपुरले मालेका महासचिव सिपी मैनालीको संयोजकत्वमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी सप्ताहको सुरु गरेको हो ।
नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौँको टेकु पचलीस्थित खरिको बोटमा शुक्रराज जोशी ‘शास्त्री’लाई झुण्ड्याएर हत्या गरिएको थियो ।
त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्द ‘ठकुरी’लाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।
लखन थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । तर, नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

कार्यक्रममा सिपी मैनालीले भिजिट नेपाल २०२० सफल पार्नको लागि पनि सरकारले सहिदहरुको ब्यानर बनाएर टाँस्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण