उपसभामुखको विषयमा छलफल गर्न बालुवाटार पुगे देउवा
शनिबार, ११ माघ २०७६, ११ : ३७
काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी दिए । यद्यपि उनले छलफलको विषय थाहा नभएको बताए ।
काँग्रेसका एक पदाधिकारीले भने प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएको बताए । सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण