काठमाडौं महानगरपालिका -३२ का पदक विजेता सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।
उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) मा १ रजत र लनटेनिसमा २ कांस्य जितेका थिए ।
स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भुपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार पाए । रजत विजेता बास्केटबलका मनीष केसी २० हजार नगदबाट पुरस्कृत भए । कांस्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका दाजुभाइ संरक्षकभूषण वज्राचार्य र सम्यकलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । संरक्षक हाल अमेरिकामा रहेकाले उनको पुरस्कार उनका पिता सूर्यभूषणले ग्रहण गरे ।
सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका नविनकुमार श्रेष्ठ र लनटेनिसकी रेणुदेवी कोण्डा वज्राचार्य रहेका छन् । दुवै आ–आफ्नो खेलका मुख्य प्रशिक्षक हुन् । नविनले ५१ हजार तथा रेणुले ११ हजार नगद पुरस्कार पाए ।
सोही अवसरमा दक्षिण कोरियाको मुजुमा भएको कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपका रजत विजेता रन्जित साउदलाई पनि २० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा खेलाडीलाई बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, वडा ३२ का अध्यक्ष नवराज पराजुलीले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण