इन्टरनेटमा ठगी ! निरीह उपभोक्ता, रमिते नियामक
पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् ।
नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व प्रमुख डा राजीव सुब्बाले भने, ‘२५ वर्ष अघि मर्कन्टाइलको सेवा निकै महँगो थियो । अहिले महिनाको २÷३ हजार भए राम्रो स्पिड भएको इन्टरनेट पाउन सकिन्छ । तर, आईएपीहरुले ‘सेयरिङ’ गर्ने ‘मेकानिजम’ प्रयोग गर्छन् जसले गर्दा आफूलाई इन्टरनेट चाहिएको समयमा समस्या हुन्छ ।’
सुब्बाका भनाइमा सबै आईएसपीको साझा समस्या भनेको जति स्पीडको इन्टरनेट दिन्छु भन्छन् त्यो दिँदैनन् । उनी भन्छन्, ‘ आईएसपीहरुले एउटा‘‘प्याटर्न’ अध्ययन गर्छन्, जस्तो मेरो घरमा दिनभर इन्टरनेट चल्दैन । जतिबेला हाम्रो इन्टरनेट चल्दैन, उनीहरुले उक्त स्पीड अरु ठाउँमा डाइभर्ट गर्छन् ।’
उपभोक्ताहरुले आईएसपीको यस कार्यबारे थाहा पाउँदैनन् तर थाहा पाउने नियामक निकायले उपाभोक्ताले भोग्नु परेको असुविधामा ध्यान दिएको पाइएको छैन । यो समाचार आजको कारोबारमा सरस्वती ढकालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण