पश्चिम बङ्गाल भ्रमणमा जाँदै पूर्वराजा
आइतबार, १२ माघ २०७६, ०७ : ११
पूर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित भारतको पश्चिम बङ्गाल जाँदैछन् । गत मङ्सिर २७ गते झापा पुगेका शाह पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बङ्गाल जान लागेका हुन् ।
शाहलाई सुरक्षा निकाय र उनको कारकेडसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ । पश्चिम बङ्गाल सरकारको सुरक्षासहितको टोलीले उनलाई गन्तव्यसम्म पुर्याउने छ । कारकेडसहितको सरकारी टोलीले पश्चिम बङ्गाल पुर्याउने व्यवस्था मिलाइएको छ ।
‘धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम छ,’ उच्च स्रोतले भन्यो, ‘उतैको निम्तो मान्न बङ्गालको सिलिगुढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम जान लाग्नुभएको हो ।’
शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बङ्गालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ । भ्रमण दुई साता लामो हुने बताइएको छ ।
आजको नेपाल समाचारपत्रमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण