आत्महत्याको खबर यी नायिकामाथि पर्यो भारी: श्रद्धाञ्जली दिनेहरुलाई भनिन्, ‘म अझैं जिउँदो छु’
‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले शुक्रबार आफ्नो निवासमा आत्महत्या गरेकी छिन् । उनको शव पंखामा पछ्यौरामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मूल रुपमा उदयपुरकी सेजल आफ्नो आमा–बुवाको इच्छा विपरित सन् २०१७ मा मुम्बई आएकी थिइन् । सुसाइड नोटमा उनले आत्महत्याको कारण डिप्रेशन बताएकी छिन् ।
उनको मृत्युको खबर सुन्ने बित्तिकै प्रशंसक दुखी भए र इन्स्टाग्राममा उनको नामले बनेको अकाउन्टमा कमेन्ट गर्न थाले । यो क्रममा धेरै प्रशंसकले यसै नामसँग मिल्दोजुल्दो अर्की नायिका सेजल शर्मालाई श्रद्धाञ्जली दिन सुरु गरे जसका कारण ती नायिकाले सोसल मिडियामा स्पष्टिकरण दिनुपर्यो ।
सेजल शर्मालाई श्रद्धाञ्जली दिन थाले प्रशंसकः
सेजलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखिन्, ‘हेलो, म आफ्ना सबै साथी र प्रशंसकलाई आफू जिउँदो भएको जानकारी दिन चाहन्छु । म नायिका सेजल शर्माको आत्महत्याको खबर सुनेर स्तब्ध र दुखी भएकी छु । म सबैलाई यो आग्रह गर्न चाहन्छु कि यदि तपाईं जीवनमा दुःखी र डिप्रस्ड हुनुहुन्छ भने कृपया मृत्युलाई अँगालो नहाल्नुहोस् । आत्महत्या कुनै पनि समस्याको हल होइन । मिडियाले मेरो तस्बिर प्रयोग गरेकोमा पनि रुष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तबीच निकै कोकोहोलो मच्चिएको थियो ।’
सेजलले केही पंजाबी र बलिउड फिल्ममा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण