बाढी र पहिरोमा परी ब्राजिलमा ३० को मृत्युः ३५ सयलाई सुरक्षित स्थान पुर्याइयो
आइतबार, १२ माघ २०७६, ११ : ३६
दक्षिणपूर्वी ब्राजिलमा पछिल्लो दुई दिनदेखि जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । राहत र उद्दारकार्यमा जुटेका नागरिक सुरक्षा दलका अनुसार मिनास गैरेस राज्यमा भारी वर्षापछि साढे तीन हजार व्यक्तिलाई सुरक्षित स्थानमा पर्याइएको छ ।
सुरुवातमा मृत्यु हुनेको संख्या ११ थियो । तर शनिबार यो आँकडा बढेको छ । धेरैजसो मृत्यु राजधानी बेलो हरिजोन्टेमा भयो । मौसम विभागका अनुसार यो शहरमा शुक्रबार पछिल्लो १ सय १० वर्षको वर्षाको रेकर्ड तोडेको छ । यहाँ पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि पहिरोमा थुप्रै भवन भत्किएका छन् । यसमा पुरिँदा धेरैको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण