कृषि मेला आयोजना हुँदै
माघ १७ देखि २० गते सम्म ललितपुरको पाटन संग्राहलयमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ आयोजना हुने भएको छ ।
अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो ।
अर्गानिक उत्पानलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग पु-याउने विश्वास आयोजकको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा कृषि उपाजहरु तथा कृषि तथा वाणिज्य, व्यापार सम्बन्धी प्रोजेक्टहरुका विषयमा जानकारी लिन सकिने बताइन् । उनले मेलामा ५० भन्दा बढी स्टलहरु रहने र एक करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको बताइन् ।
मेलाले उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई कम गर्दै उपभोक्तालाई सूपथ मूल्यमा अर्गानिक वस्तुहरु उपलब्ध गराउने उद्देश्य राखेको छ । मेलाको उद्घाटन कुषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले गर्ने संयोजक कोइरालाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण