भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति ठप्प
सोमबार, १३ माघ २०७६, ०६ : ४२
हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन् । शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ वटा ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन् ।
भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि रोकिएको छ । चालकले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको सीमा हटाउनुका साथै, तोकिएको मापदण्डभन्दा बढी नोक्सानी भए दोब्बर तिर्नुपर्ने व्यवस्था पनि रोकिनुपर्ने माग गरेको छ ।
उक्त माग पूरा नभए काम गर्न नसकिने उनीहरूको भनाइ छ । निगम र ट्याङ्कर साहुको दोहोरो चेपुवामा आफूहरूको परेको चालकहरूको गुनासो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण