रोनाल्डोले गोल गरेपनि युभेन्ट्स पराजित
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो ।
प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । पाहुना टोली युभेन्ट्सलाई हार चखाउन नापोलीका पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा खाता खोले । ८६औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल गर्दै नापोलीलाई जित नकिज पुर्याए । उनले जोसे मारिया कालीजोनको पासमा गोल गरेका थिए ।
खेलको अन्तिमसम्म अत्तालिएको युभेन्ट्सले ९०औं मिनेटमा सान्त्वना गोल फर्कायो । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जारी सिजन पनि एकनास फर्ममा रहेका रोनाल्डोले आठ खेलमा लगातार गोल गरेका छन् । रोनाल्डोले एकपछि अर्को किर्तिमान बनाएपनि नापोलीसँगको हारले भने उनलाई निरास बनायो ।
हारेपनि शीर्ष स्थानमा रहेको युभेन्ट्सको २१ खेलबाट ५१ अंक छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा तीन अंकले अगाडी छ । इन्टरको समान खेलबाट ४८ अंक छ । पछिल्ला दुई खेलमा बराबरीमा रोकिएका कारण इन्टरलाई घाटा लागेको हो । युभेन्ट्सलाई हराएको नापोली २७ अंक सहित १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण