यस्ता छन् प्रदेश ५ को मन्त्रिपरिषद् बैठकका निर्णय
बुटवल । प्रदेश नम्बर ५ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश पूर्वाधार विकासको प्रमुख कार्यकारीमा ध्रुव मजगैयालाई नियुक्त गरिएको जानकारी दिए ।
यस्तै प्रदेश सरकारले बैशाख ४ र ५ गते रुपन्देहीमा लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान तथा परिचालन गर्ने उद्देश्यका साथ सो सम्मेलन गर्न लागिएको चौधरीले जानकारी दिए ।
बैठकले लगानी सम्मेलनको अवधारणापत्र पनि स्वीकृत गरेको छ । आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रममा लगानी सम्मेलनको प्रतिबद्धता व्यक्त गरे अनुरुप लगानी सम्मेलन गर्न लागिएको चौधरीले बताए ।
सम्मेलनको आयोजक आर्थिक मामिला तथा योजना मन्त्रालय रहनेछ भने प्रदेश योजना आयोग र प्रदेश सरकारका विषगत मन्त्रालयहरु सहयोगी हुने सैद्धान्तिक सहमति प्राप्त भएको छ ।
लगानी सम्मेलनलाई सफल पार्न मुख्यमन्त्री शंकर पोखरेलको संयोकत्वमा निर्देशक १२ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै लगानी सम्मेलन व्यवस्थापन तथा सहजीकरणका लागि लिला गिरीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ ।त्यस्तै भौतिक पूर्वधार विकास समिति, परियोजना तयारी समितिलगायतका समिति पनि गठन गरिएको छ ।
त्यस्तै प्रदेश जना आवास कार्यक्रम कार्यान्वयन कार्यविधि संशोधन स्वीकृत र प्रदेश स्वास्थ्य सेवा ऐन, ०७६ का सम्बन्धमा बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण