आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए
ट्याङ्करमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्याङ्कर चालक आजदेखि काममा फर्केका छन् ।
नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच आज भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका हुन् ।
छलफलमा ट्याङ्कर चालकले राखेका माग एक महिनाभित्र सम्बोधन गर्न दुबै पक्षका प्रतिनिधिसम्मिलित एक समिति गठन गर्ने सहमति भएको छ । इन्धन ढुवानीका क्रममा ५० लिटरभन्दा बढी परिणाम कम भए दोब्बर जरिवाना गर्ने निगमको निर्णयको विरोध गर्दै ट्याङ्कर चालक आन्दोलनमा उत्रिएका थिए । अहिले १८१ टयाङ्करले भारतीय आयल कर्पोरेशनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ढुवानीका क्रममा हुने चुहावट रोक्न निगमले ‘लकिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको भए पनि चोरी पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण