कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

काठमाडौं– कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।
बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख (४०प्रतिशत) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ ।
कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।
बैंकले एक हजार रुपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याजभुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावॉ १० वर्षपछि अर्थात २०८६ सालमा एकमुष्ट फिर्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै