नेपालमा इन्टरनेटका कारण बाल यौनशोषण बढ्दो
काठमाडौं । नेपालमा बाल यौन शोषणसम्बन्धी गम्भीर जोखिमहरु उजागर भएको इसीपीएटी इन्टरनेशनलले जनाएको छ । इकनमिष्ट आउट अफ द श्याडोको सुचकाङ्कमा उल्लेख भएअनुसार बालबालिकाको यौन शोषणको सवालमा सूचकाङ्कमा मापन गरिएको ६० देशमध्ये नेपाल ३९ औं स्थानमा परेको छ । नेपालमा परिवारिक आर्थिक कठिनाइका कारण छोरीहरुको बाल अनमेल वा जबर्जस्ती विवाह गर्ने चलन बढि भएको समेत पाइएको छ । त्यस्तै २०७५ को आँकडाअनुसार बाल विवाहको हकमा भने नेपालले विश्वमा १७ औं स्थान ओगटेको छ ।
अनलाइन यौन शोषणबाट बालबालिकालाई संरक्षण गर्न तत्काल आवश्यकता पर्ने सरोकारवालाले जानकारी दिएका छन् । उनीहरुका अनुसार सुस्त आर्थिक विकास र २०७२ सालको भूकम्पमा सहयोग गर्ने नाममा स्वयमसेवक पर्यटकको बढ्दोक्रमले समेत यसमा प्रभाव परेको पाइएको छ ।
नेपालमा अनलाइन शोषणसम्बन्धी कमजोर कानुन भएकाले बालबालिकाहरुले विभिन्न खालका यौनशोषण सम्बन्धी जोखिमको सामना गरिरहेको उनीहरुको दाबी छ । नेपालमा इन्टरनेटको पहुँच ६३ प्रतिशत छ भने प्रत्येक १ सय प्रयोगकर्ताको लागि १ सय ३९ वटा मोबाइल ग्राहक क्रियाशील छन् ।
इसीपीएटीका अनुसार ५-१२ वर्षका ४ सय ५२ जना बालबालिकालाई अनलाइन जगतमा आफूलाई कसरी सुरक्षित राख्ने भनेर सोधिएको प्रश्नमा ७५ प्रतिशतलाई कुनै पनि जानकारी नभएको बताएका थिए । नेपालमा आफ्नो सर्भरमा प्रवाह भएका बाल यौनशोषण सम्बन्धी सामाग्रीको जानकारी गराउने इन्टरनेट सेवा प्रदायकमाथि कुनै बाध्यकारी व्यवस्था समेत छैन ।
बालबालिकालाई अनलाइन यौन अपराधीहरुबाट सुरक्षित राख्न नेपालको कानुन संशोधन गर्न आवश्यक भएको इसीपीएटी जनाएको छ । इसीपीएटीले बालबालिकाको यौन शोषण अन्त्यका लागि विश्वव्यापी सञ्जालमार्फत ९७ देशमा काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण