राष्ट्रपतिद्वारा वसन्त श्रवण
बिहीबार, १६ माघ २०७६, १२ : ४०
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारमा वसन्त श्रवन गरेकी छन् ।

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी हुन् । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई बसन्त श्रवण गराउनु भएको थियो ।
श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।

नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा बसन्त श्रवण गर्ने चलन छ । आजबाट बसन्त ऋतु सुरु भएको मनिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण