बंगलादेशी व्यापारीको हत्यामा संलग्न मियाँ पक्राउ, आर्थिक लेनदेन नै हत्याको कारण
काठमाडौँ । साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिक मोहद्दिन अहम्मदको हत्यामा संलग्न सिरहाको लहानबाट पक्राउ परेका छन् ।
अहम्मदको हत्यामा संलग्न उनकै साथी दुल्लाह मियाँ ९ दिनपछि भारत भाग्दै गर्दा पक्राउ परेका हुन् । महनगरीय प्रहरी परिसरबाट खटिएको टोलीले अहम्मदका साथी मियाँलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका मिँयालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले बताएको छ । अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो ।
मोहद्दिन अहम्मदका भाइले सञ्चालन गर्दै आएको ट्राभलमा काम गर्थे मियाँ । प्रहरीका अनुसार मियाँ बङ्गलादेशको राजधानीमा ढाकामा रहेको ओसन ट्राभल एण्ड टुर्सका सुपरभाइजर हुन् ।
मृतक अहम्मदको ढाकामै सनवे ट्राभल एण्ड टुर्स छ । बेला–बेला मृतकका भाइ र मियाँको आर्थिक लेनदेनको विषयमा विवाद हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
वैदेशिक रोजगारीमा मान्छे पठाउने विषयमा मृतक अहम्मद र मियाँबीच विवाद भइरहन्थ्यो । सोही विवादलाई लिएर मियाँले अहम्मदको हत्या गरेको हुनसक्ने प्रहरीको दावी छ ।
क्यासिनो खेल्नकै लागि ४५ वर्षीया मोहिद्दिन अमहद ढाकाबाटै ६ माघमा पछिल्लो पटक काठमाडौँ आएका थिए । उनी पहिला पनि पटक–पटक आउने गरेको पाइएको छ ।
माघ ७ गते क्यासिनो जाने योजना बनाएका अहम्मदले बंगलादेशबाट साथी मियाँलाई पनि सँगै काठमाडौँ ल्याएका थिए । हिमालयन एयरलाइन्सको सिट नम्बर १० को सी र डी सिटमा बसेर उनीहरु नेपाल आएका थिए ।
हत्या गरेपछि दुल्लामिँया फरार भएका थिए । तर होटलले भने ८ गते मात्र प्रहरीलाई खबर गरेको थियो ।
मियाँले ह्वीस्कीको बोतलले टाउको र घाँटीमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । सीसीटिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनी भारत भाग्न लागेको जानकारी पाएपछि सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण