बालबालिकाको क्षेत्रमा सहयोग गर्न मन्त्री यादवको जोड
काठमाडौँ । श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले नेपालीहरुको सुरक्षित गन्तव्य बन्दै गएको क्यानडाले स्वार्थ बेगर निरन्तर सहयोग गर्दै आएकाले भ्रमण वर्ष नेपाल २०२० मा हजारौंले भ्रमण गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा गरिब बालबालिकाको स्वास्यथ्य र शिक्षामा क्यान एजुकेशन फाउन्डेसनको तर्फबाट लाखौं नगद र सहयोग हस्तान्तरण गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । बालबालिकाको क्षेत्रमा भइरहेको सहयोगको प्रसंशा गर्दै यसको निरन्तरतामा उनको जोड थियो । उनले अरु दातृ निकायलाई पनि बालबालिकाको क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
मैत्रीपुर्ण पर्यटन र रोजगारमा योगदान पुराएकोमा भिजिट नेपाल २०२०लाई माउन्ट एभरेस्ट पर्यटन दूतबाट युवा नेता एवं समाजसेवि क्षितिज भण्डारी र अभिनेत्री दिपाश्री निरौलालाई सम्मानित भएका थिए ।
त्यस्तै रसलाईट मिडियाको अध्यक्ष रमिता भण्डारी, क्यानडाकि सम्झना लामा, रातोपाटीबाट लोकेन्द्र भट्ट, कृष्ण सापकोटा, बिष्णु केसी, आशिष् साह, दिनेश शाही, राजु लामा, दीपेन्द्र भट्ट र सेन्ट जेभियर्सका फादरहरुलाई समेत सम्मान गर्दै क्यानडा भ्रमणको निम्तो प्रदान गरिएको छ ।
भारतीय दूतावासको केन्द्रीय विद्यालय, सेन्ट्जेभियर्स लगायत देशभरका बिधालयका उत्कृष्ट वालबालिकाले सस्कृतिक कार्यक्रम किडस आईकन मार्फत योङ्ग्छेन लामाको फाउन्डेसनलाई सहयोग जुटाएका थिए ।
भुकम्पपछि क्यानडाबाट वार्षिक लाखौं रुपैयाँ र अन्य सहयोग गरी गरिब, अनाथ र पिछडिएका क्षेत्रको बालबालिका शिक्षा सम्बन्धि कार्यमा सहयोग पुराउँदै बताउँदै फाउन्डेसनले अब नेपाल सरकारको अनुमति लिएर स्वस्थ्यय सेवामा पनि सहयोग पुराउने लक्ष्य राखेको फाउन्डेसनकी अध्यक्ष सम्झना लामाले बताइन् ।
क्यानडा रहेको नेपाली सस्कृति र विकासको अध्यायन, अनुसन्धानमा मन्त्रालयसँग सहकार्य गरी ने रसलाईटकी अध्यक्ष रमिता भण्डारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण