बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

दिल्ली एयरपोर्टमा रोकिएका भारतीय अभिनेता करणवीर अन्ततः नेपाल आएरै छाडे

शनिबार, १८ माघ २०७६, ११ : ४४
शनिबार, १८ माघ २०७६

भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता करणवीर बोहरा अन्ततः नेपाल आएरै छाडेका छन् । 

उनलाई बिहीबार नेपाल प्रस्थान गर्ने क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो । आवश्यक ट्राभल डकुमेन्ट नभएको भन्दै उनलाई नेपाल प्रस्थान गर्न दिइएको थिएन ।

शुक्रबार आवश्यक डकुमेन्ट देखाएर उनी काठमाडौँ आएका हुन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उनले ट्वीटरमा आफ्नो फोटोसमेत राख्दै काठमाडौँ आइपुगेको जानकारी दिएका छन् ।

 

बिहीबार मुम्बईबाट दिल्ली आएका उनले दिल्लीबाट काठमाडौँका लागि एयर इन्डिया विमानको टिकट लिएका थिए । हवाई मार्गबाट नेपाल जानका लागि राहदानी आवश्यक पर्ने भए पनि करणवीरले राहदानी बोकेका थिएनन् । उनले आधारकार्ड देखाएर नेपालतर्फ प्रस्थान गर्न चाहेका भए पनि विमानकर्मीले उनलाई ‘बोर्डिङ पास’ नदिएपछि उनी दिल्लीमै रोकिएका थिए ।

करणवीरले मुम्बईस्थित आफ्ना एक मित्रलाई भनेर दिल्लीसम्म आफ्नो राहदानी मगाएका थिए । राहदानी पाएपछि उनी शुक्रबार नेपालका लागि उडेका थिए ।

दिल्लीमा एक दिन रोकिनु परेको अवस्थामा काठमाडौँ आइपुग्नुलाई उनले ठूलो उपलब्धिका रुपमा लिएका छन् । काठमाडौँ अवतरण गरेलगत्तै उनले दुवै हात फैलाएर खुशी उजागर गरेको तस्वीर ट्वीटरमा राखेका छन् ।

उनी नेपालमा छायांकनको सिलसिलामा केही दिन रहने जनाइएको छ ।

भारतीय अभिनेता करणवीर बोहरा नेपाल आउन पाएनन्

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप