परिस्थितिका कारण राजनीतिमा आएको हुँः डा सिके राउत
शनिबार, १८ माघ २०७६, २० : ५९
सिरहा। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन् ।
सो पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भने–“म कुनै रहरले राजनीतिमा आएको होइन, मधेशको परिस्थितिका कारण आएको हुँ ।”
मधेशका समस्याहरु अहिले पनि ज्यूँको त्यूँ’ रहेकाले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा राउतको भनाइ थियो । समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उनले बताए ।
मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रीत दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण