सभागृहमा जवाफ दिन बालुवाटारमा नेकपा हेडक्वार्टरको बैठक
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आज (आइतबार) सकिँदैछ । बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय समिति बैठक अघि आजै सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
सचिवालय बैठक आइतबार ११ बजे बालुवाटारमा बस्न लागेको महासचिव विष्णु पौडेलले जानकारी दिए । नेकपा घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पमकल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरुमा समुहगत रुपमा छलफल भएको थियो ।
१५ समुहमा भएको छलफलमा धेरैजसो नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण