पार्टीको निर्देशन तीनै तहका सरकारले मान्छन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि तीनै तहका सरकारले पार्टीको निर्देशन मान्ने बताएका छन् ।
केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारले पार्टीको निर्देशन मानेर जाने बताएका हुन् ।
जनतामा सुशासन र स्वच्छताका लागि नेकपा नेतृत्वको सरकार बनेको भन्दै पार्टीले नै सरकार चलाउने भएकाले पार्टीको निर्देशन सरकारले मानेर जानुपर्ने बताएका हुन् ।
केन्द्रीय कमिटी बैठकमा नेताहरुले सरकारले पार्टी चलाएको हो वा पार्टीले सरकार चलाएको भन्दै पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने माग राखेका थिए ।
सोही मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘विधि प्रणाली, पद्धतिमा पाटी चल्छ । सामूहिक नेतृत्वमा पार्टी चल्छ । सरकारलाई पार्टीले सहयोग गर्छ’ भन्ने धारणा राखेका हुन् ।
उनले कुनैपनि तहको सरकारमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेको फेला परे कडा कारवाही हुने चेतावनी समेत दिए ।
यसअघि अर्का अध्यक्ष प्रचण्डले बैठकमा भएका छलफलबाट प्राप्त सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए ।
बैठकमा अध्यक्षद्वयको जवाफपछि पार्टी तथा सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाएका नेताहरुले नेतृत्वले आफ्ना मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले बैठक ऐतिहासिक बनेको प्रतिकृया दिएका छन् ।
स्थायी समिति सदस्य भीम रावलले पार्टी तथा सरकार विधि र प्रणालीमा चल्छ भनेर नेतृत्वले गरेको प्रतिवद्धतालाई सकारात्मक लिनुपर्ने प्रतिकृया दिए ।
‘पार्टी र सरकारका लागि मात्रै होइन, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न समेत यो बैठक फलदायी बनेको छ’, नेता रावलको प्रतिकृया छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण