चुम्बनको दृश्य गर्दा केही मज्जा आउँदैन, निकै दबाब महसुस हुन्छः दिशा पाटनी
दिशा पाटनीको आगामी फिल्म ‘मलंग’ फेब्रुअरी ७ तारिखमा रिलिज हुँदैछ । फिल्मको प्रोमोशनमा व्यस्त दिशाले मिडियासँग कुराकानी गरिरहेकी छिन् । यतिबेला उनले फिल्मसँग सम्बन्धित दृश्यबारे कुरा गरेकी छिन् । फिल्म ‘मलंग’ मा उनीबाहेक सिद्धार्थ कपूर, अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् ।
फिल्ममा दिएको बोल्ड र किसिङका दृश्य दिँदा ट्रोलिङको सामना गर्नुपर्दा कस्तो महसुस हुन्छ भन्ने प्रश्न सोध्दा उनले भनेकी छिन्, ‘अब त बानी जस्तै भइसकेको छ । सोसल मिडियामा त सबैले ट्रोलिङको सामना गर्नुपर्छ । अब म यसको लोड लिन सक्दिनँ, बानीजस्तै परिसकेको छ । र मीम्सको कुरा गर्ने हो भने हामीले मीम्स हेर्दैनौं भन्ने हुँदैन । हामी मोबाइलमा ती मीम्स हेर्छौं । कसैले मीम्स बनाएर हँसाइरहेको छ भने त्यसमा के गलत भयो र ? राम्रै हो नि...हामीलाई पनि रमाइलो गर्न दिनुहोस् र उनीहरुलाई पनि मज्जा लिन दिनुहोस् ।’
यस्तै, चुम्बन गर्न को अभिनेतासँग सहज भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘म कसैसँग पनि सहज हुदिनँ । मानिसहरुले सोच्लान् कि चुम्बन गर्दा मज्जा आउँछ होला, तर यस्तो हुँदैन । जब तपाईं यस्ता दृश्य गरिरहनुभएको हुन्छ तब तीनवटा ठूला क्यामरा तपाईं अगाडि तेर्सिएका हुन्छन् । ५० जना सेटमा हुन्छन् । जसले तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जनाले मोनिटरमा हेरिररहेका हुन्छ । यस्तोमा अत्यधिक दबाब महसुस हुन्छ, केही मज्जा आउँदैन ।’
यसका साथै उनले सोसल मिडियामा आउने कमेन्ट आफूले पढ्न छोडेको बताएकी छिन् ।
साथै, उनको यसपटकको भ्यालेन्टाइन्स डे कसरी मनाउने तयारीमा हुनुहुन्छ भन्ने प्रश्नमा त्यतिबेला आफू सलमान खानको फिल्म ‘राधे’ को सुटिङमा व्यस्त हुने बताइन् । त्यसो भए यसपटक सलमान खानसँग भ्यालेन्टाइन्स डे मनाउँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिइन्, ‘योभन्दा राम्रो के हुन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच १० बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण