शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘बाल्ट्राले दशैं ल्यायो’ अफरका ५१ जना विजेताहरुको नाम घोषणा

मङ्गलबार, २१ माघ २०७६, १८ : ३५
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं– बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैं, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । 

यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इन्चको स्मार्ट टिभी जित्न सफल भएका छन् ।

त्यसै गरी उक्त योजनाअन्तर्गत २ जनाले ४० इन्चको टिभी, ३ जनाले ३२ इन्चको टिभी, ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल हुनुभएको छ । 

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप