छिट्टै एउटा मिर्गौला फेर्दैछुः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै आफूले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् ।
मिर्गौलाको बिरामी रहेका प्रधानमन्त्री ओलीले हाल डायलासिस गरेर काम चलाउँदै आएका छन् । तर, आफूले धेरै काम गर्न बाँकी रहेकाले मिर्गौला नै फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको भनाइ छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्रीले निकट भविष्यमै आफ्नो एउटा मिर्गौला फर्ने बताएका हुन् ।
‘पहिला प्रचण्डजी र मैले आलोपालो सरकारको नेतृत्व गर्ने भनेका थियौँ । तर प्रचण्डकै प्रस्तावमा राजनीतिक स्थायित्वका लागि मैले नै ५ वर्ष सरकार चलाउने सहमति भएको हो । बाँकी तीन वर्ष अझ धेरै खटिएर काम गर्नका लागि डायलासिस गरिरहनुको साटो एउटा मिगौला नै फर्न लागेको हुँ ।’
सम्पादकहरुले प्रश्नको ‘बलिङ’ गरिसकेपछि ‘ब्याटिङ’ गर्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् ।
पत्रकारहरुले प्रेस स्वतन्त्रता संकुचित गर्ने विधेयक, एमसीसी सम्झौता कार्यान्वयन, बढ्दो भ्रष्टाचार, बालुवाटार जग्गा प्रकरण, यतिलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिइएका आदि विषयमा प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीले ती सबै विषयमा सविस्तार ब्याख्यासहित प्रतिरक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण