सोनी टिभीले भिडियो जारी गर्दै भन्यो, ‘भ्यालेनटाइन्स डेमा आदित्य र नेहाको विवाह हुँदै’
निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ ।
यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ ।
जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’
14th Feb- Save the date because #NehAditya are getting married. Catch the excitement tonight on #IndianIdol11 #LoveSpecial at 8 PM only on Sony. #SaraAliKhan @TheAaryanKartik @iAmNehaKakkar @VishalDadlani #HimeshReshammiya #AdityaNarayan pic.twitter.com/e4BUicVi0K
— Sony TV (@SonyTV) February 2, 2020
इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी छ । उदित नारायणले त निकै अघि यसमा स्विकारोक्ति दिइसकेका छन् ।
उदित नारायणका साथै उनकी श्रीमती दिपा नारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन चाहिन्छन् । इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टिभीले बताएको छ ।
यसबाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ ।
यस्तै आदित्य नारायणले पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ ।
उनीहरुको प्रेम र विवाहको यो फन्डा चर्चा कमाउने एउटा माध्यमको रुपमा प्रयोग गरिएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण